काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनको परिणाम बारे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो आत्मबल बढेको आधिकारीक प्रतिक्रिया दिएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्मामाले चुनावको यो परिणामले सरकारलाई सच्चिन दबाब बढेको पनि बताउनु भएको छ ।
‘निर्वाचनको मत परिणामले कांग्रेसको आत्मबल बढेको छ भने नेकपालाई सच्चिन दबाब बढेको छ’ प्रवक्ता शर्माले भन्नुभयो–निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सरकारले सबै शक्ति प्रयोग गर्दा पनि कांग्रेसले जनमत बढाएको छ । यस अघि कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचन निष्पक्ष र स्वच्छ भएपनि यो पटक निर्वाचन आचारसंहिता विपरितका धेरै काम भएको पनि प्रवक्ता शर्माले बताउनु भएको थियो ।
कांग्रेसले हारेको कतिपय ठाउहरुमा पनि गत निर्वाचन भन्दा मत बढाएकोले कांग्रेसको थप आत्मविश्वास बढेको भन्दै प्रवक्ता शर्माले कतिपय ठाउमा नेकपाले सहानुभुतिको आधारमा मत संकलन गरेको बताउनु भएको छ । कास्किको सन्दर्भमा नेकपालाई सहानुभुतिको मत प्राप्त भएको भन्दै उहाले सहानुभुतिको मत धेरै समयसम्म नरहने बताउनु भएको थियो। खासगरि धरानको मतपरिणामले विषेश महत्व राख्ने भन्दै उहाले यसले समग्र मतपरिणामको सन्देश गएको पनि बताउनु भएको थियो ।
आन्तरीक संगठन सुदृढिकरण गरि आगामी आम निर्वाचनको तयारीमा जुटिरहेको कांग्रेसलाई अहिलेको मतपरिणमले थप हौसला मिलेको भन्दै प्रवक्ता शर्माले उपनिर्वाचन मार्फत् एक ढंगको जनमत सर्भेक्षण सार्वजनिक भएको र यसलाई विश्लेषण र आत्मसात गर्दै अघि बढ्ने बताउनु भएको थियो ।
Discussion about this post