अछाम । नेपाली काग्रेस अछामले मेल्लेख गाउँपालिका वडा नं ५ बिन्देबासीनिको उपनिर्बाचन सम्पन्न भएपछि नेकपा कार्यकर्ताबाट आफ्ना नेता कार्यकर्तामाथि खुकुरी प्रहार गरेकोमा खेद प्रकट गरको छ । नेपाली काङ्ग्रेस अछामले एक बिज्ञप्ती जारी गदै नेकपाका कार्यकर्ताहरुबाट नेपाली काङ्ग्रेस अछाम १ ख का सभापति डम्बर बहादुर स्वार लगायत नेता कार्यकर्ताहरु होटलमा बसिरहेको अवस्थामा भौतिक आक्रमण गर्नु अत्यन्त निन्दनीय कुरा भएकोले अराजक र अमानवीय रुपमा भएको घटनाको बिज्ञप्तीमा घोर भत्सर्ना गरेको छ ।
यस्तै बिज्ञप्तीमा घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको उचित औषधि उपचारको ब्यवस्थापन गर्न माग गरिएको छ । विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गरिएको छ।
नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगाना द्वारा हस्ताक्षरित विज्ञप्तिमा मेल्लेख उपनिर्वाचनमा निर्वाचन लाई सफल र शान्तिपूर्ण रुपमा सफल बनाउन अहोरात्र खटिनु हुने कर्मचारी, सुरक्षाकर्मी,संचारकर्मी र आम मतदाताहरुमा धन्यवाद ज्ञापन गरेको छ।
बिज्ञप्तीमा नेपाली काङ्ग्रेस को पक्षमा जनमत जुटाउन अहोरात्र खटिनु भएका उम्मेदवार नेता कार्यकर्ता सुभेच्छुक सबैमा हार्दिक आभार व्यक्त गर्दै लोकतन्त्रको स्वर्णिम पक्ष निर्वाचन को नतिजा लाई स्वीकार गरिएको नेपाली काङ्ग्रेस अछामले विज्ञप्तिमा जनाएको छ।
Discussion about this post