काठमाडौं । निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका लागि शनिबार भएको उपनिर्वाचनमा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित दलले जितेका छन् ।
आइतबार साँझसम्म प्राप्त मत परिणाम अनुसार २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जितेका ६ स्थानीय तह अन्तर्गत वडाको उप निर्वाचनमा नेकपाले जितेको छ । त्यसैगरी नेकपाले जितेको ६ वटा वडा र प्रदेश सभाको एक सिटमा कांग्रेसले जितेर परिणाम उल्ट्याएको छ ।
भक्तपुर १ (क) मा यस अघि भएको निर्वाचनमा नेकपाका हरिशरण लामिछाने निर्वा्चित भएका थिए । अहिले उपनिर्वाचन हुँदा कांग्रेसका कृष्णलाल भँडेल निर्वा्चित भएका छन् ।
भँडेल १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकाल ११ हजार २ सय छ मत ल्याएर पराजित भएका छन् । २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जित हात पारेको स्थानहरु बाजुराको त्रिवेणी १ मा नेकपाका मनराज बुढा, अछामको मल्लेख गाउँपालिका ५ मा रमेशबहादुर खडका, बाँकेको कोहलपुर ६ मा रामशरण थारु र सिरहाको कल्याणपुर १२ मा दिलिपकुमार यादवले नेकपाको उम्मेदवारको हैसियतमा विजय प्राप्त गरेका हुन् । राजधानीमा समाचार छ ।
Discussion about this post