कांग्रेसको गढमा नेकपाको झन्डा: फाल्गुनन्दमा वीरबहादुर कुरुम्बाङ विजयी

202
SHARES
232
VIEWS

पाँचथर । नेपाली काग्रेसको गढ मानिएको पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । कुरुम्बाङले ८०६ मतको अन्तरले विजय हाँसिल गरेका हुन ।

गएराती सम्पन्न मतपरिणाम अनुसार कुरुम्बाङले ५३६९ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले ४५६३ मत प्राप्त गरे । यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गरे ।

निर्वाचनमा १७९ मत बदर भएको निर्वान अधिकृत नवराज दुलालले जानकारी दिए । गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार