काठमाण्डौ । प्रदेशसभा उपचुनाव अन्तर्गत बागलुङ २ को (ख) को अन्तिम मत परिणाम आउन बाँकी छ । पछिल्लो परिणाम अनुसार चा बागलुङ २ को (ख) मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ९ हजार ९७१ र नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ७ हजार ७ सय ३१ मत ल्याउनुभएको छ ।
९ हजार ३ सय ३८ कुल मत खसेकोमा ९ हजार ७७ मत सदर तथा १ सय ६१ मत बदर भएको थियो । यसैबीच, सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै लगेको छ ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको १७ हजार ४ सय ९१ मत आएको छ भने नेकपाका प्रकाश राईले १५ हजार ९ सय ८६ मत पाउनु भएको छ । जम्मा २४ हजार ९ सय पचास मत खसेकोमा २४ हजार ४ सय ७४ मत सदर र ४ सय ७६ मत बदर भएको थियो ।
Discussion about this post