दाङमा नेकपाले कांग्रेसलाई धकेल्यो,नेकपा ३ हजार मतले अगाडि

21
SHARES
115
VIEWS

दाङ । प्रदेश सभाअन्तर्गत दाङ क्षेत्र नम्बर ३ ख मा नेकपाले आफ्नो अग्रता कायमै राखेको छ । ताजा मतगणनाअनुसरा नेपाल कम्युनिष्ट पार्टी नेकपा की उम्मेदवार उम्मेदवार विमलाकुमारी खत्री वली ले ११ हजार ६ सय ७५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका उम्मेदवार केशवराज शर्माले पछ्याइरहनु भएको छ ।

कांग्रेसका उम्मेदवार शर्माले ८ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको छ । उहाँ नेकपाकी उम्मेदवार खत्रीभन्दा झण्डै ३ हजार मतले पछाडि हुनुहुन्छ । जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार