बागलुङ । बागलुङको क्षेत्र नम्बर २ को प्रदेश ‘ख’मा भएको उपनिर्वाचनको मत गणनामा कांग्रेसको अग्रता बाम गठबन्धनले तोडेको छ । आइतबार मध्यान्हदेखि शुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनले ४ सय ८४ मतले अग्रता लिएको हो ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खिमबिक्रम शाहीले ३५ सय १४ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले ३ हजार ३० मत प्राप्त गरेका छन् ।
कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा २१ हजार ४ सय मात्र मतदान भएको थियो । राति अबेरसम्म अन्तिम मत परिणाम आउने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए ।
Discussion about this post