अछाम । नेपाल कम्युनिष्ट पार्टी नेकपाले मेल्लेख गाउँपालिका वडा नं ५ को बिन्देबासीनिको उपनिर्बाचन सम्पन्न भएपछि काँग्रेसका कार्यकर्ताबाट कम्युनिष्ट पार्टी समर्थित विद्यार्थी नेतामाथि खुकुरी प्रहार गरेकोमा खेद प्रकट गरको छ ।
काँग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट अनेरास्वुयीका विद्यार्थी केन्द्रीय सदस्य गम्भिर साउद खुकुरी प्रहारबाट गम्भिर घाईते भएका छन् । उनको टाउँकोमा १० वटा टाँका लागेको छन् । यस्तै चुनाव सम्पन्न भएपछि सामान्य घट्नालाई लिएर पार्टीका ७ जना कार्यकर्तालाई पूर्वाग्राही भएर सांघाति आक्रमण प्रति भत्सना गरेको छ । पार्टी अध्यक्ष शेरबहादुर कुँवरद्धारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा होटलमा खाना खाईरहेको समयमा प्रहरी प्रशासनले पूर्वाग्राही राखेर नेता कार्यकर्ताको खोजि गरेर कुटपटि गरेकोमा भत्सना गरिएको छ ।
कुटपिट गर्ने प्रहरीलाई कानुनी कार्वाहीको लागि माग गर्देछौ । अध्यक्ष कुँवरद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । प्रहरीको कुटाईटाईबाट नेकपाका सात जना कार्यकर्ता गम्भिर घाईते भएका छन । घाईते हुनेमा मेल्लेख गाउँपालिका वडा नं.७ का मोहन साउद, वडा नं.४ का नरबहादुर साउद,वडा नं.४ का रामहादुर साउद, वडा नं.४ कै चन्द्र साउद, वडा नं.८ का रामहादुर साउद र अनेरास्वीयुका कोषाध्यक्ष नरेन्द्र खड्का रहेका छन् र उनिहरुको प्रहरीको कुटाईबाट केहीको टाउँको केहीको हात खुट्टा भाचिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले मेल्लेख गाउँपालिका संगठन कमिटीले जानकरी दिएको छ ।
उनिहरुलाई थप उपचारको लागि नेपालगंज रिफर गर्ने तयारी भईरहेको पार्टी अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो । घाईते नेता कार्यकताईलाई भेटघाट गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्दीय सदस्य तारमान स्वाँर, जिल्ला अध्यक्ष शेरबहादुर कुँवर, प्रदेश कमिटी सदस्य कुलबहादुर कुँवर, हर्कबहादुर कुँवर गोविन्द पार्टी सचिव झपट साउद लगायतका नेता वयलपाटा अस्पताल पुग्नुभएको थियो ।
Discussion about this post