भक्तपुरमा कम्युनिस्टको लालकिल्ला कांग्रेसले भत्कायाे, भँडेलको सानदार जित

46
SHARES
257
VIEWS

भक्तपुरमा शनिबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका निरज लवजुले भने ५ हजार ८२९ मत पाएका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ । अघिल्लो पटक नेकपाले जितेको यो क्षेत्र यस पटक कांग्रेसले आफ्नो पोल्टामा पारेको छ ।

यसपटक भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए । २०७४ मा भएको प्रदेश सभा चुनावमा भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए । त्यसबेला कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार