भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। आइतबार ८ बजेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४३६ मतले अघि रहेका छन्।
भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन्।
अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ७ सम्म मत गणना गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिए।
Discussion about this post