अछाम । अछामको मेल्लेख गाउँपालिका – ५ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परेर नेकपा निकट विद्यार्थी नेता गम्भीर साउद घाइते भएका छन्। उनलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। मतदान कार्य सम्पन्नपश्चात भएको झडपमा परी उनी घाइते भएका हुन्। ‘मतदान सकेर मतादाता घर फर्किसकेका थिए। एकाएक दुई दलका कार्यकर्ताबीच विवाद भयो’ स्रोतले भन्यो ‘नेकपा निकटका गम्भीर साउलाई चोट लागेको छ।
उहाँलाई बयालपाटा लगिएको छ।’ झडपलाई नियन्त्रण गर्नको लागि प्रहरीले हवाईफायरसमेत गरेको छ। अहिले गणनास्थलमा आवतजावतमा समस्या भएको घटनास्थलमा रहेका नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रिले बताए। यसबारे बुझन्खोज्दा अछाम प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीको फोन उठेन।
यस्तै मेल्लेख गाउँपालिका वडा नं ५ को बिन्देबासीनीको उपनिर्बाचमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रमेश खड्का भारी मतले बिजयी भएका छ्न । काग्रेश उम्मेदवार वीर बहादुर बोहरालाई २ सय १५ मत फराकिलो अन्तरमा बिजय हुनुभएको छ ।
रमेश खड्काले ७ सय ७८ मत प्राप्त गर्नुभएको छ । नेपाली काग्रेशका उम्मेदवार वीर बहादुर बोहराले ५ सय ६३ मत पाउनुभएको छ ।
Discussion about this post