विगतमा आफुले गरेको काम नै जित्ने मुख्य आधार : सिनेटर मान्नधर

11
SHARES
62
VIEWS

पूर्णबहादुर खड्का, मंसिर १४ अछाम । नेपाल जेसिज बर्ष २०२० का लागि राष्टिय अध्यक्ष पदका उम्मेद्धवार जेसिआई सिनेटर बिकाश मान्नधरले आफ्नो केही मुख्य भिजन र मिसनका साथ अध्यक्षको दौडमा होमिएको बताउनु भएको छ ।

उम्मेद्धवारी प्रर्बदनको क्रममा अछाम पुग्नुभएका सिनेटर मान्नधरले यूवाको नेतृत्व र क्षमता विकासका लागि मुख्य रुपमा तालिमलाई पहिलो प्रथामिक्ता राखेको उल्लेख गर्नुभयो । साथै उहाँले सामाजिक परिर्वतन, आर्थिक पर्वद्धन, अन्तराष्टिय क्षेत्रमा सम्बन्ध विस्तार लगायतका मुख्य एजेण्डा रहेको बताउनु भयो ।

आफुले बिजयी हासिल गरेमा भम्रण बर्ष २०२० लाई सफल पार्न पनि प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । बर्ष २०१५ मा काभ्रे जेसिजको अध्यक्ष भएका सिनेटर मान्नधरले बर्ष २०१७ मा राष्टिय उपाध्यक्ष र बर्ष २०१८ मा कार्यकारिणी उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । आफ्नो विगतमा गरेको काम नै जित्ने प्रमुख आधार भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

अछाम जेसिजले आज बिहान गरेको उम्मेद्धवारको स्वागत कार्यक्रममा काभ्रे जेसिज बर्ष १९९९ का अध्यक्ष जेसी ईन्द्र नारायण भलभारीले जेसिजमा डिजिटलको सुरुवात काभ्रे जेसिजको आथित्यतामा भएको राष्टिय महाधिबेशनबाटै सुरु भएको कुरा स्मरण गर्दै उहाँले भन्नुभयो काभ्रे जेसिजले गरेका विभिन्न राष्टिय अधिबेशन, क्षेत्रिय अधिबेशन, यस अघिका काम र ४२ बर्षे लामो जेसिज अभियान नै यस पटकको उम्मेद्धवारी भएको बताउनु भयो ।

अछाम जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी नरेश कुमार शाहीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै अछाम जेसिज बर्ष २०१५ का अध्यक्ष नमराज न्यौपानले राजनितिक पार्टीको शक्ती भन्दा ठुलो यूवा जमात जेसिजमा भएको भन्दै त्यसलाई समाजिक कार्यमा समाहित गराउन सरकारको स्वामित्वको रुपमा रहनुपर्नेमा जोड दिनुभयो ।

देशका धेरै बौद्धिक यूवाहरु जेसिजमा आबद्ध भएपनि व्यबाहारिक रुपमा सरकारको स्वामित्वमा रहन नसक्दा धेरै राष्टिय एजेण्डाहरु ओझेमा परेका उहाँले उल्लेख गर्नुभयो । अबको आउने नेतृत्वले जेसिजको युवा सम्मेलन गरेर घोषणा पत्र जारी गर्दै सरकारको स्वामित्व लिनुपर्ने सुझाब दिनुभयो ।

नेपाल जेसिजले तालिम विश्वबिद्यालय स्थापना गरि सक्षम नेतृत्व बनाउन पहल कदमी लिनुपर्नेमा समेत न्यौपानेको जोड छ । जेसिज अछामका पदाधिकारीहरुको उपस्थितीमा भएको स्वागत कार्यक्रमको संचालन जेसी पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार