नबिन कुमार खड्का , मंसिर १४,सल्यान । सल्यान कुमाख ५ मा भैरहेको मतदानमा २ जनाले मतदाता परिचयपत्र हुदा पनि भोट हाल्न पाएका छैनन । सरकारले सरकारी परिचयपत्रको साथमा भोट हाल्न जानुपर्ने भनेपनि मतदान केन्द्रमा परिचयपत्र सहित पुगेका उनिहरुले भोट हाल्न नपाएका हुन ।
कुमाख गाउँपालिका ५ का बासिन्दा मंगली विश्वकर्मा र ओविर विश्वकर्माले मतदाता परिचयपत्र हुदा पनि भोट हाल्न नपाएको गुनासो गरेका हुन । गएका दुवै तहका निर्वाचनमा भोट हालेका उनिहरु मतदाता परिचयपत्र बोकेर मतदान स्थलमा पुगे तर उनिहरुको नामावली मतदाता नामावलीमा नभेटिएपछि उनिहरु निरास भएर फर्केका छन । उनिहरुले दुःख मात्रै पाएको भन्दै दुखेसो पोखेका छन ।
यस विषयमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि बहादुर बुढाथोकीले पहिला नै जानकारी दिएको भए उनिहरुले भोट हाल्न पाउने भएपनि अन्तिममा आएर भन्दा भोट हाल्न समस्या भएको बताएका हुन । उनले भने असोज देखि वडामा मतदाता नामावलीको लिष्ट पठाइएको र त्यसैमा दावी गर्नुपर्ने भएपनि अहिले मतदानकै समयमा त्यसको सुनुवाई हुन सक्दैन ।
उनले मतदातालाई मतदाता नामावलीका बारेमा अरु समयमा पनि चनाखो भैराख्न अनुरोध गरेका छन । उनले मतदाताको पुरानो मतदाता नामावली होला त्यो पनि अप्डेट हुनुपथ्र्यो भन्दै चनाखो बन्न अनुरोध पनि गरेका छन ।
Discussion about this post