काठमाडौं– संघ, प्रदेश र स्थानीय तहमा ५२ जनप्रतिनिधि चयनका लागि धमाधम मतदान भइरहेको छ । उपनिर्वाचन हुने ३७ जिल्लाका दुई सय ४७ मतदानस्थलमा मतदानका लागि पाँच सय ३७ केन्द्र राखिएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।
उपनिर्वाचनको मतदान चलिरहँदा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमा कांग्रेसका पक्षमा लहर देखिएको बताएका छन् । लगातार दुई ट्वीट गर्दै देशभर कांग्रेसको पक्षमा महोल देखिएको बताएका छन् ।
उनले पहिलो ट्वीटमा पोखरामा जतासुकै रुखको पक्षमा लहर देखिएको बताएका थिए । लगत्तै अर्को ट्वीट गर्दै पोखरा, दाङ्ग, भक्तपुर, बागलुङ, धरान, महोत्तरि, पाँचथर, संखुवासभा, हुम्लासँगै देशै भरी कांग्रेसको लहर देखिएको बताएका छन् ।
Discussion about this post