अछाम । बालविवाह बिरूद्वको बृहत् अन्तरक्रिया तथा रेडियो बहस कार्यक्रम कमलबजार नगरपालिका वडा न ७ को मनकामना मावि सेरा फल्टानेमा सम्पन्न भएको छ । वडा न ७ का अध्यक्ष गोबिन्द बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्न विद्यार्थीहरूले बालविवाहले समाजमा नकारात्मक असर गरेकाले यश तर्फ आफु सचेत रहेको बताएका छन ।
समाजमा बालविवाह गरेकाहरूको पनि अवस्था दयनीय भएकाले यस्ता कुराहरूले आफुहरूलाई सचेत बनाएकाले आफुपनि बालविवाह नगर्ने , समाजमा हुननदिन पहल गर्ने र बालविवाह गर्ने र गर्न बाध्यपार्नेका बिरूद्व आवाज उठाउने प्रतिबद्धता समेत जनाएका छन ।
बालविवाह हुनुको पछाडि विभिन्न कारण रहेकाले बढ्दो प्रविधिको दुरूपयोग पनि कारक बनेकाले यसकुरामा स्वयम किशोर किशोरीले ध्यानदिनुपर्ने र अभिभावकहरूले पनि रेखदेख गर्नुपर्ने कार्यक्रममा बोल्ने बिद्यार्थीहरूको भनाइ थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न १० का अध्यक्ष भिम बहादुर बिष्ट , कमलबजार नगरपालिकाकाका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाल, विद्यालयका प्रधानाध्यापक हेमन्त प्रसाद खतिवडा, वडा सदस्य मोहनसिंह देउवा, खम्म भण्डारी , जय बहादुर बोहरा लगायतले मन्तब्य राख्दै बहुक्षेत्रिय पोषण योजनाले प्रभावकारी कार्यक्रम ल्याएकोमा कार्यक्रमको प्रशंसा गर्दै बालविवाहका बिरूद्व आफ्नोपनि साथ र सहयोग रहने प्रतिबद्धता गर्नुभएको छ ।
बहुक्षेत्रिय पोषण शाखा कमलबजार र शिक्षा शाखा कमलबजारको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले चेतनामुलक देउडा गीत समेत प्रस्तुत गरेका थिए । रेडियो अछामका कार्यकारी निर्देशक टेकबहादुर थापाले सहजिरकण गर्नुभएको कार्यक्रमको संञ्चालन पोषण शाखा कमलबजारका प्रमुख पवित्रा भण्डारीले गर्नुभएको थियोे । मंशिर १३ गते शुक्रबार जाल्पा मावि ढाकुमा कार्यक्रम हुनेभएको छ ।
Discussion about this post