बैद्यनाथ धाममा पहिलो पटक सवा करोड बत्ती प्रजोलन

42
SHARES
234
VIEWS

अछाम । नेपालको चार धाम मध्येको एक अछामको वैद्यनाथ धाममा छैठौं पिण्डेश्वर शिव साधना सम्पन्न भएको । शिब साधनाका क्रममा शिवभक्ति, भजन, संगीत तथा साधना लगायतका धार्मिक प्रवचन देखि बिभिन्न कार्यक्रमहरु गरि सम्पन्न भएको हो ।

शिव साधनामा गुरुदेव मदन बाबाले भक्ति, भजन, संगित तथा साधना प्रस्तुत गर्नु भएको थियो । साधनाको अन्तिम दिन पितृहरुको उद्धार एवम् साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहित पहिलो पटक सवा करोड बत्ती बालिएको छ ।

‘पिण्डेश्वर शिव लक्ष्मी धामले बैधनाथमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गरेको श्री मदन बाबा भक्ति केन्द्रले जनाएको छ । बैधनाथ धाम नेपालका प्रसिद्ध चार धाम पाशुपती क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्येको एक हो ।

दिप प्रजलन कार्यक्रममा प्रमुख गुरुदेव मदन बाबा, प्रदेश सभा सदस्य हर्क कुवँर गोबिन्द, जिल्ला समन्वय समिति संयोजक नरबहादुर कुवँर, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी प्रमुख जनक बहादुर शाही, ईलाका प्रहरी कार्यलय साँफेबगरका प्रहरी प्रमुख निरिक्षक नरपति भट्ट, साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर, उपप्रमुख र्बिमला देबि बुड्थापा, वैद्यनाथ वेद विद्या आश्रमका सदस्य सचिव देवराज उपाध्याय लगायतको सहभागीता रहेको थियो ।

साँफेबगर नगरपालिका स्थित बुढी गंगाको किनारमा रहेको बैधनाथ धाम परिसरमा भएको दिप प्रजलन कार्यक्रममा देशभरीबाट श्रदालु भक्तजनहरुको सहभागिता रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार