अछाम । जिल्लाको मेल्लेख गाउपालिका ५ बिन्धेबासिनीमा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सुरक्षा कार्ययोजना तयार भएको छ। जिल्ला प्रहरी कार्यालय अछामले निर्वाचन सुरक्षा कार्य योजना बनाई मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरेको हो ।
निवर्नाचनका लागी नेपाल प्रहरी १ सय ३७ ,सशस्त्र प्रहरी ४५ र नेपाली सेना ६० भन्दा बढी परिचालन गरिने छ । अहिले ७५ प्रतिशत सुरक्षाकर्मी निर्वाचन स्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपि जनक बहादुर शाहीले बताउनु भयो ।
निर्वाचन स्थल र आसपासका क्षेत्रमा चौबिसै घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्ने योजना छ। निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ। निर्वाचनका अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको डिएसपि शाहीले बताउनु भयो ।
निर्वाचनलाई स्वतन्त्र र मर्या्दित बनाउन तथा मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख नियमित समीक्षामा रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो । उपनिर्वाचन वडामा अहिले दैनिकजसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ।
Discussion about this post