बालविवाहको प्रमुख कारण बढ्दो प्रविधिको दुरुपयोग हो

203
SHARES
235
VIEWS

अछाम । कमलबजार नगरपालिका वडा न ९ मा रहेको चक्रेश्वरी मावि मष्टाबडालिका विद्यार्थी हरूले बालविवाह बढ्नुको प्रमुख कारण बढ्दो प्रविधिको दुरुपयोग भएको बताएका छन । जति प्रविधि भित्रीन्छ त्यसैको दुरुपयोग बढेकाले बालविवाह जस्ता विकृतिहरू बढेको बताएका हुन ।

अभिभावकले बालबालिकाहरूको निगरानी नराख्नु र किशोर किशोरी हरूले यसको सदुपयोगको सट्टा दुरुपयोग गरिरहेकाले पनि बालविवाहामा टेवा पुगेको बताएका हुन । कमलबजार नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको अन्तर्कृया कार्यक्रममा बोल्ने विद्यार्थीहरूले समाजमा बालविवाहले डरलाग्दो रूप लिएको भन्दै आगामी दिनमा यसका बिरूद्व शशक्त भएर अघि बढ्ने बताएका छन ।

समाजमा विभिन्न कारणले बालविवाह बढेकाले यसको अन्त्य गर्न सबैले साथ दिनुपर्ने विद्यार्थीहरूको भनाइ थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कासिराम बजगाईले समाज परिवर्तनका सम्बाहक विद्यार्थी भएकाले अब विद्यार्थीहरूले समाजमा हुने हरेक विकृति बिसंगतिका बिरूद्व आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।

स्वयम् किशोर किशोरि जागरुक भएपछि बालविवाह अन्त्य हुने भन्दै बालविवाहले कसैलाई फाईदा नहुने बताउनुभभएको छ । कार्यक्रममा कमलबजार नगरपालिकाकाका शिक्षा शाखा प्रमुख ऋषिकेस ढकाल, वडा सदस्य मीन बहादुर रावत, विद्यालयका संस्थापक भगि रावत, दान बहादुर रावत, शिक्षक कर्ण बहादुर रावत लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजिकरण रेडियो अछामका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियोे । बालविवाह बिरूद्वको अन्तर्कृया कार्यक्रम मंशिर १२ गते मनकामना मावि सेरामा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार