पत्नी हत्या आरोपमा एक शिक्षक पक्राउ

56
SHARES
87
VIEWS

कञ्चनपुरमा पत्नी हत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका -६ खैराना घर भएका शिक्षक मोहन सिंह ऐरीलाई पत्नी हत्याको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

ऐरीकी पत्नी सरस्वतीको सोमबार राति विषालु पदार्थ सेवनपछि मृत्यु भएको थियो । विषालु पदार्थ सेवन गरेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा सरस्वतीको मृत्यु भएपछि माइती पक्षले शिक्षक ऐरी विरुद्ध हत्या गरेको किटानी जाहेरी दिएका थिए । सोही किटानीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो ।

‘उनकै ससुरा शेर सिंह बोहराले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा ज्वाइँ विरुद्ध किटानी जाहेरी दिएका छन् । ’प्रहरी निरीक्षक चन्दले भने, अनुसन्धानका लागि ऐरीलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौं । पत्नीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै किटानी जाहेरी परेको प्रहरीको भनाइ छ । समाचार अन्रपूर्ण पाेष्ट दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार