काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया गरिएका ओलीको सघन कक्षमा उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा। रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्री को शल्यक्रिया गरेको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। अरुण सायमीले शल्यक्रियापछि प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै बस्नुपर्ने आवश्यकता हुने जानकारी दिनुभएको छ ।
पेट दुख्ने समस्या भएपछि सामान्य स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको भेटिएपछि शल्यक्रिया गरिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा पुग्नुभएको थियो । लामो समयदेखि मिर्गौलापीडित प्रधानमन्त्री ओलीको अचानक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि केही दिन अस्पतालमै आराम गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ।
एपेन्डिसाइटिसको शल्यक्रिया पछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७ स्३० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा।डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ ।
Discussion about this post