कांग्रेस सिन्धुली जिल्लाका पुर्वसभापति खतिवडाको निधन

12
SHARES
68
VIEWS

काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस सिन्धुली जिल्लाका पुर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको सोमबार बिहान ११ बजेर ४५ मिनेटमा निधन भएको छ । काठमाडौँबाट सिन्धुली आउने क्रममा खतिवडाको हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सिन्धुलीका महासमिति सदस्य तथा जिल्ला सदस्य उज्जवल पोख्रेलले जानकारी दिएका हुन् ।

उनलाई हृदयघात भए लगत्तै नागरिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुगे लगतै केहि समयमै अस्पताल प्रशासनले निधन भएको जानकारी दिएको हो । उनि नेपाली कांग्रेस सिन्धुलीको दुई कार्यकालका लागि सभापति थिए । उनको जन्म २००० साल वैशाख १ गते भएको थियो ।

श्रद्धाञ्जली अर्पणका लागि बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म सिन्धुलीको विपी नगर धुराबजारमा रहेको पार्टी कार्यालयमा खतिवडाको शव राखिने उज्जवल पोख्रेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार