सुन्तला उत्पादक किसानलाई बजारको चिन्ता

80
SHARES
129
VIEWS

डोटी। जिल्लाका ग्रामीण क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार पाउनेमा चिन्तित बनेका छन् ।“वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा चिन्तामा छौँ”, निरौलीका सुन्तला किसान हर्क साउदले भन्नुभयो ।

करीब एक दशकअघिदेखि सुुन्तला खेती गर्दै आउनुभएका उहाँले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानलाई चिन्तित बनाएको बताउनुभयो । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उहाँले जानकारी दिनुभयो । सुन्तला, मौसमी, जुनार, कागतीलगायतका अमिलो जातका फलफूलको खेती गर्दै आउनुभएका साउदले वर्षमा करीब रु एक-डेढ लाख जति आम्दानी गर्नुहुन्छ ।

सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिनापानीले क्षति पु¥याए पनि यस वर्ष जिल्लाका ग्रामीण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको किसान बताउँछन् । त्यस्तै बजार व्यवस्थापन र शीतभण्डारको अभावले गर्दा पनि यहाँका सुन्तला उत्पादक किसान मर्कामा पर्ने गरेका छन् । पहिलेका वर्षहरुमा यहाँका किसानका बारीमा सुन्तला किन्न आउने भए पनि यो वर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएका गड्सेराका अर्का सुन्तला किसान लीलाधर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका वर्षमा सुन्तला व्यापारीले बारीमै मूल्य निर्धाण गर्थे, यो वर्ष सुन्तला जताततै फलेकाले अहिलेसम्म कोही आएका छैनन् ।” जिल्लाका बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला खेती गरिने गरिएको जिल्ला कृषि एकाइ कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार