सन्दीप लामिछानेकाे आँखाकाे शल्यक्रिया, साग नखेल्ने

31
SHARES
173
VIEWS

काठमाण्डाै – सन्दीप लामिछाने डिसेम्बर एक तारिखबाट नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् । आँखामा समस्या देखिएपछि उनले डाक्टरहरुको सल्लाहमा आँखाको शल्यक्रिया गरेका छन् । जसका कारण सन्दीपले सागमा सहभागिता नजनाउने भएका हुन् । अब उनले झण्डै चार साता आराम गर्नु पर्नेछ । आबुधाबीमा आयोजना भएको टी-१० लिगबाट फर्किएको २ दिनपछि उनले शल्यक्रिया गरेका हुन् ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा यू-१९ टोलीका कप्तान रोहितकुमार पौडेललाई साग टोलीमा समावेश गरिएको छ ।

सन्दीप एसीसी इमर्जिङ टिम्स एसिया कपको टोलीमा समावेश भए पनि साग टोलीको अन्तिम १५ मा पर्न असफल रहेका थिए । सन्दीपले बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि सहभागिता जनाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार