लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा बीजी

21
SHARES
58
VIEWS

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी निर्वाचित हुुनुभएको छ । पोखरामा ६ र ८ गते भएको सातौँ महाधिवेशनमा प्रतिस्पर्धी लोक गायक विष्णु खत्रीलाई पराजित गर्दै बीजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा बीजीले ५८४ मत र खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियोे ।

त्यसैगरि वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राजु ढकाल ७३७ मत ल्याएर विजयी हनुभयो भने सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी हुुनुभएको छ ।

महासचिवमा सुवास केसी, उपमहासचिवमा शङ्कर विसी र शिव हमाल, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन हुनुभएको छ ।

महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङकाअनुसार केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित हुुनभएको छ । केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी हुनुभयो भने केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार