महिला हिंसा विरुद्धको १६ दिने अभियान आजबाट अछाममा पनि शुरु

164
SHARES
93
VIEWS

अछाम । महिला हिंसा विरूद्वको १६ दिने अभियानको पहिलो दिन जिल्ला भर विभिन्न कार्यक्रमको अायोजनागरि मनाईएको छ । यसै अवसरमा मंगलसेन नगरपालिकाको अायोजनामा विभिन्न कार्यक्रमको अायोजना गरि अभियानको सुरूवात गरिएको बताईको छ ।

मंगलसेन नगरपालिकाका उप प्रमुख सरिता उपाध्यायको अध्यक्षतामा कार्यक्रममा जिल्ला समन्वय समिति अछामका टोप बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्दै उहाले कार्यक्रममा नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा बिशिस्ट अतिथि रहनुभएको थियोे ।

कार्यक्रममा नेकपाका भिम बहादुर जनाला, नेपाली काग्रेसका लक्ष्मण बहादुर शाह, अन्तर्पार्टि महिला संञ्जालका सचिव पूर्णा शाह, पत्रकार महासंघका टेक बहादुर थापा, गैसस महासंघका सचिव विमला शाही, अखिल नेपाल महिला संघका अध्यक्ष लक्ष्मी बोगटी , महिला संघका पुर्व अध्यक्ष मना भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियोे ।

नगरपालिकाका निमित्त प्रमुख प्रशाससकिय अधिकृत मञ्जु महतको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको संञ्चालन पत्रकार मेनुका ढुंगानाले गर्नुभएको थियोे । यस्तै ढकारी गाउपालिकामा पनि विभिन्न कार्यक्रमको अायोजनागरि अभियानको सुरूवात गरिएको छ । गाउपालिका उपाध्यक्ष लक्ष्मी साउदको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष धन ब बुढा प्रमुख अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा वडान १ का अध्यक्ष भवानि प्रसाद उपाध्याय, वडा न ३ का अध्यक्ष महादेव बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर बोगटी , जिल्ला स्वास्थ कार्यालय अटामका जनस्वास्थ्य अधिकृत झनक राज ढुंगाना, कार्यपालिका सदस्य पार्वती बुढा, वडा न ८ का सदस्य चक्रराज धमाला, हृदय राज उपाध्याय, दान ब थापा, सुअाहाराका ईन्द्र थापा, बहुक्षेत्रिय पोषणका स्वयसेवक लाल ब कुवर लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रममा सहभागी सरोकारवालाले महिला माथि हुने विभिन्न खालका हिंसा अन्त्यका लागि अन अाफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे । कार्यक्रमको संञ्चालन कृष्ण देवकोटाले गर्नुभएको थियोे । यस्तै दिवसको अवसरमा कमलबजार नगरपालिकामपनि विभिन्न कार्यक्रम गरिएको छ नगर उप प्रमुख भुमिसरण ढकाल बजगाइको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले समृद्ध समाज निर्माणका लागि महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन ।

यही अवसरमा समानतको पुस्ता बलात्कार विरूदको एक्यवद्धता भन्ने नाराका साथ नगरपालिकाका विभिन्न विद्दालयमा वक्तृत्वकला प्रतियोगिताको अायोजना गर्ने समेत निर्णय गरिएको छ । कार्यक्रममा नगरपालिका क्षेत्रका सरोकारवालाकोसहभागसता रहेको कार्यक्रम महिला तथा बाल शाखा प्रमुख डम्बर ढुंगानाले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार