साक्षर गाउँपालिकाका लागि अध्यक्ष खड्काकाे यस्ताे प्रतिबद्धता

87
SHARES
132
VIEWS

अछाम । साक्षर गाउँपालिका घोषणा गर्ने उदेश्यका साथ पालिका स्तरिय साक्षरता समन्धी बैठक बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका स्तरका सरोकारवाला माझ पालिकाको साक्षरता अवस्था प्रस्तुती,पालिकास्तरिय साक्षरता समुन्वय समिती गठन र साक्षरता रणनिती क्षेत्रको पहिचान गर्न आज बैठक सम्पन्न भएको हो ।

२०७६ साल भित्र नेपाललाई साक्षर बर्ष बनाउने सरकारको लक्षलाई सफल पार्न वाक नेपालको आयोजना र बान्नीगढी जयगढ गाउँपालिकाको सहयोगमा गाउँपालिकाको हलमा बैठक सम्पन्न भएको हो । मानब जिबनकालागी साक्षरता महत्वपुर्ण भएकाले निरक्षर ब्यक्तीहरुलाई आफ्नो आफ्नो ठाउँबाट साक्षरता बनाउन सबैले पहल गर्नुपर्ने बैठकमा सबै सरोकारवाला बिच छलफल भएको छ ।

बैठकको अध्यक्षता गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले ले गर्नुभएको थियो । बैठकमा अध्यक्ष खड्काले बान्नीगढी जयगढ गाउँपालिकालाई अब केहि दिनमै साक्षर गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साक्षरताका बिभिन्न कार्यक्रमहरुलाई कार्यन्वयनमा प्रभावकारिता, सहजता,एकरुपता,स्पस्टतामा कायम गर्न सबै सरोकारवालाको जिम्मेवारी रहेकाले सबैले आफ्नो आफ्नो ठाउँबाट साक्षरता अभियान सफल पार्न एकरुपताका साथ लाग्नु पर्ने अध्यक्ष खड्काले उद्घोष गर्नु भयो ।

गाउँपालिकामा निरक्षरतालाई निर्मुलपारी सबै नागरिकलाई साक्षर बनाई छिट्टै गाउँपालिका साक्षर गाउँपालिका बनाउने वाक नेपालको उदेश्य रहेको छ । गाउँपालिका भित्रको साक्षरताको तथ्याकं वाक नेपालका आईटी अफिसर हिमाल बुढाले प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेशराज ढंगााना, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर शेट्टी, १ का नेत्र साउँद,४का तिलक ठकुल्ला, शिक्षा साखा प्रमुख, महिला साखा, प्रमुख, सुरक्षाकर्मी, सन्चारकर्मी, बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । शिक्षा साखा प्रमुख नयन कुंवरले स्वागत गरेको बैठकको सन्चालन पालिका स्तरिय साक्षरता कार्यक्रम संयोजक योगेन्द्र वलीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार