धर्म संस्कृति संग हरेक नागरिकको जीवन जोडिएको हुन्छ : नेता रावल

84
SHARES
160
VIEWS

राजेन्द्र कुवर ,अछाम । अछाम जिल्लाको बैधनाथ धाममा आयोजना गरेको छैठो शिव साधनामा बोल्दै पुर्ब उपप्रधानमन्त्री एबं नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) स्थाइ कमिटी सदस्य भीम रावलले धर्म र संस्कृत हरेक नागरिकको जीवन पद्धति संग जोडिएकोले आ आफ्नो धर्म संस्कृतिको संरक्षणमा लाग्ने कुरामा जोड दिनु भयो ।

कला संस्कृति धर्मको संरक्षण बिकास गर्न हरेक नागरिक स्वतन्त्र भएकोले अछामको पबित्र भुमी बैधनाथ धाममा साधना संचालन गरेकोमा मदन बाबा भक्ती केन्द्रलाई अछाम बासिको तर्फबाट धन्यवाद दिनु हुदै नेता रावलले आफुले प्राप्त गरेको शक्तिको दुरुपयोग नगर्न आग्रह गर्नु भयो ।

हाम्रो धर्म कला संस्कृतिको माध्यमबाट पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने भएको बताउदै नेता रावलले यस्को प्रचार प्रसार गर्नु पर्ने बताउनु भयो । मंसिर ८ गते देखि १२ गते सम्म संचालन भएको छैटौं शिव साधना भक्ती भजन संगित सत्संगमा मदन बाबाले जीवन जगत धर्म संस्कृतिका बारेमा प्रबचन दिई राख्नु भएको छ ।

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक एकै साथ पबित्र भुमी बैधनाथ धाममा पहिलो पटक सवा करोड ज्वती प्रज्वलन गरेको बताउदै बाबा मदन गुरुले देश जनता र शान्तिका लागि साधना संन्चालन गरेको बताउनु भयो । प्रबचन दिदै बाबा मदन गुरुले मानव जिबनमा हरेक ब्याक्तिलाइ एकपटक शक्ति प्राप्त हुने भएकोले आफुले प्राप्त गरेको शक्तिको दुरुपयोग नगरी मानव कल्याणमा लागनु पर्ने बताउनु भयो ।

बैधनाथ धाममा संचालन भैरहेको शिव साधनामा सुदुरपश्चिम प्रदेश सभाका सदस्य गोबिन्दबहादुर कुवर जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुवर प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ अछामका प्रहरी प्रमुख जनकबहर शाही नेकपाका नेता दयालबहादुर शाही दिपक साउद स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेकोे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार