दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले नेपाली जनताको काम नगर्ने तर उखान टुक्का हानेर कुरा मात्रै गर्ने सरकार र जनप्रतिनिधि आवस्यकता नभएको बताएका छन। दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा ख का उम्मेदवार केशवराज आचार्यलाई बिजय गराउने अभियानमा दाङ पुगेका कांग्रेस सहमहामन्त्री महतले आज दाङको श्रीगाँउमा भएको नेपाली कांग्रेसको विशाल चुनावी सभालाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी कुरा मात्रै गर्ने तर कामको सिन्को समेत नभाच्ने पार्टी भएको आरोप लगाए।
उनले अहिलेको सरकारले दुई तिहाईको धम्भ देखाएर जनतालाई दुख दिएको भन्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई बिजय बनाएर सरकारको दम्भलाई तोड्नु पर्ने समय आइसकेको पनि बताए। उपनिर्वाचन नेपाली कांग्रेसले जित्यो भने अहिलेको सरकार निन्द्रा बाट बिउँझिएर बिकाश निर्माणका गतिविधिमा लाग्ने महतले बिश्वास व्यक्त गरे।
फरक प्रसंगमा कांग्रेस सहमहामन्त्री महतले सरकारले नेपालका धार्मिक पहिचान माथी प्रहार गर्न खोजेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एकजुट भएर प्रतिकार गर्ने पनि बताए।
Discussion about this post