कम्युनिस्ट सरकारले आचार संहिता विपरित काम गर्‍याे: नेता साउँद

16
SHARES
88
VIEWS

अछाम । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एन.पी. साउँदले निर्वाचन आचार संहिता विपरितका गतिविधि कम्युनिस्ट सरकारले गरेको आरोप लगाउनु भएको छ । प्रेस युनियन अछामले शनिबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पूर्व मन्त्री समेत रहनु भएका साउँदले निर्वाचन आचार संहिता विपरितका गतिविधि नगर्न समेत सरकारलाई सचेत गराउनु भयो ।

मतदातालाई प्रभावित पार्ने गरी विकासका योजना दिने, प्रदेश देखि केन्द्रिय सरकारले योजना पारी दिने भन्दै जनतालाई आश्वासन दिने गरेको नेता साउँदको भनाई रहेको छ । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आचार संहिताको इमान्दारी पूर्वक पालना गर्नु पर्नेमा जोड दिनु भयो । भारतीय पक्षले भर्खर सार्वजनिक गरेको नक्सामा नेपाली भूमि कालापानी भारतीय पक्षले आप्नो नक्सामा राखेको भन्दै फिर्ता गर्नको लागि सरकारले चाँडो भन्दा चाँडो पहल गर्नु पर्नेमा जोड दिनु भएको छ ।

करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति पूर्व मन्त्री साउदले बचाउन गर्नुभएको छ । विगतमा पाँच पटक कम्युनिष्ट सरकारका प्रधानन्त्री हुँदा किन पक्रिन सकिएन भनेर नेता साउदले प्रतिप्रश्न गर्नुभयो । पार्टी सभापतिले यस अघि एक कार्यक्रममा आलमलाई पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

यस्तै नेपाली काँग्रेसको भातृृ संगठनको विवाद वारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा पार्टी सभापति शेर बहादुर देउवाको वचाउनु गर्नु भयो । उहाँले नेपाली काँग्रेसका आन्तरीक समस्या भएका कारण सहमतिका आधारमा चाँडै टुग्याईने जानकारी गराउनु भयो ।

पत्रकार सम्मेलनमा काँग्रेस नेता वहादुर सिह थापा, नेपाली काँग्रेसका पार्टी सभापति भरत कुमार स्वाँर, नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशका संसदिय दलका नेता डा।रण बहादुर रावल, पूर्व राज्यमन्त्री गोविन्द शाह, पुर्व पार्टी सभापति मेघराज खड्का, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड लगायतको सहभागिता रहेको थियो । प्रेस युनियनका कार्वाहक सभापति सरिता खड्काको अध्यक्षतमा पत्रकार सम्मेलनको आयोजना भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार