निराजन भण्डारी अछाम । भण्डारी समाज जापानले रक्त सञ्चारमा समस्या भई भारतकाे केईएम अस्पतालमा उपचाररत मंगलसेन नगरपालिका वडा नम्बर ६
निवासी १०वर्षीय अर्जुन भण्डारीलाई आर्थिक सहयोग गरेको छ ।
रक्त सञ्चार सम्बन्धि राेगबाट थलिएका भण्डारीलाई भण्डारी समाज जापानले ५२ हजार ४ सय रुपैयाँ सहयोग गरेको समाजका अभियान्ता सन्तोष भण्डारीले जानकारी दिनुभयो ।
उनको भारतकाे केईएम अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगका लागि अपिल पनि गरेकाे थियोे ।
जापानमा अध्यायनरत बिद्यार्थीले आफ्नाे खाजा खर्च बचाएर भएपनि अस्पतालकाे बेडमा उपचाररत भण्डारीलाई थप उपचारमा सहयाेग पुगाेस भन्ने हेतुले सहयोग गरिएको भण्डारी समाजका अर्का अभियान्ता गँगाराम भण्डारीले बताउनुभयो ।
भण्डारी समाज जापानले संकलन गरेकाे रकम आज पिडित अर्जुनकी आमा सरिता भण्डारीकाे खातामा पठाइएको छ ।
आगामी दिनमा पनि यस्ता समस्यामा परेका नागरिकलाई आर्थिक सहयाेग गर्नुका साथै थप रचनात्मक कार्य गर्दै अगाडि बढ्ने समाजले जनाएको छ ।













Discussion about this post