अछाम प्रहरीमा अनेरास्ववियुद्वारा बालेन र सुधन विरुद्ध किटानी जाहेरी

86
SHARES
478
VIEWS

निराजन भण्डारी ।  काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङ विरुद्ध अछाम प्रहरीमा पनि किटानी जाहेरी परेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला संयोजक भिम बहादुर बडाहितले शुक्रबार आज किटानी जाहेरी दिनुभएको हो । प्रहरीले अनेरास्ववियुले दिएको जाहेरी बुझेको छ । जाहेरी दर्ता हुन बाँकी रहेको जनाएको छ ।

देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको संयोजक बडाहितले बताउनुभयो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी,तोडफोड र प्रहरी हत्यामा उनीहरूको संलग्नता रहेको आरोप लगाउँदै अनेरास्ववियुले कानुनी कारबाहीको माग समेत गरेको हो । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको संयोजक बडाहितले बताउनुभयो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी,तोडफोड र प्रहरी हत्यामा उनीहरूको संलग्नता रहेको आरोप लगाउँदै अनेरास्ववियुले कानुनी कारबाहीको माग समेत गरेको हो ।

उक्त कार्यक्रममा अनेरास्ववियुका पुर्व लेखा आयोग अध्यक्ष वीरेन्द्र बहादुर रावल, क्रममा अनेरास्ववियुका पुर्व अध्यक्ष नरेन्द्र बहादुर खड्का,पुर्व केन्द्रिय सदस्य सरोज रावल,जिल्ला सहसंयोजक जगत भण्डारी,कानुन व्यवसायी मुक्तिनाथ बोहरा लगायत एमालेका युवा नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार