अछाममा २ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

7
SHARES
41
VIEWS

अछाममा २ जना किशोरी मृत भेटिएकी छन । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ रानिवनमा रहेको चाका भिट्टामा दुई जना किशोरी झुन्डिएको अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रानिवनकै १७ वर्षीया साउनी बिक र १५ वर्षीया प्रेमकला बिकको शव बिहीबार स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभएको छ ।

परिवारका सदस्यहरूले दुवै किशोरीलाई बुधबार राति देखि सम्पर्क विहीन भएको भन्दै खोजी कार्य थालेको थियो । तर उनीहरुलाई आज बिहान जंगलमा मृत अवस्थामा भेटाइएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा किशोरीहरुले आत्महत्या गरेको पाइएको छ तर यस बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय अछाम जिल्लामा आत्महत्याका घटना बढ्दै गएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार