अछामको रामारोशन गाउँपालिकाले इसईईमा उत्तिर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ ।२०८१ सालको एसईईमा उत्तिर्ण हुने विद्यार्थीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मानका साथै भविश्य निर्माण म्बन्धी अभिमुखिकरण समेत गरिएको हो।
गाउँपालिकाले एसईईमा उत्तिर्ण विद्यार्थी तथा विद्यार्थी उपस्थित नभएकाहरुका अभिभावकलाई सम्मान गरेको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले गाउँपालिकाले गत वर्षदेखि सुरुवात गरेको शैक्षिक रुपान्त्रण अभियानले शिक्षाको गुणस्तरमा केही सुधार भएको बताउनुभयो । एसइईमा कम विद्यार्थी उत्तिर्ण भए पनि जान्ने विद्यार्थी मात्रै उत्तिर्ण भएको साउँदको भनाई छ ।
उहाँले परीक्षालाई ब्यवस्थित गरिएकाले केही अभिभावकहरुले गाली समेत गरेको भन्दै शिक्षाको गुणस्तर सुधारमा पालिकाको अभियान नरोकिने समेत बताउनुभयो ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सृजना बुढाले पनि शैक्षिक रुपान्त्रण अभियानले कम विद्यार्थी उत्तिर्ण भए पनि क्षमातावान् विद्यार्थी मात्रै उत्तिर्ण भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले यस वर्ष एसइईमा कम विद्यार्थी उत्तिर्ण भए पनि समक्षम विद्यार्थी मात्रै उत्तिर्ण भएको बताउनुभयो । गाउँपालिकाका ८ वटा माविबाट एसईईमा ५०५ विद्यार्थी सहभागी भएकामा ५७ जना मात्रै उत्तिर्ण भएका छन ्। जसमेध्ये वडा नम्बर १ मलातिकोटस्थित पिंगला माविकी छात्रा करिश्मा खनालले ३ दशमलव ९१ जीपीए प्राप्त गरेर जिल्लामै प्रथम भएकी छन्।
यस्तै वडा नम्बर ५ रामारोशनस्थित यशोदा माविका छात्र सुमित साउँद ३ दशमलव ८७ जीपीए ल्याएर जिल्ला तृत्तिय भएका छन्।कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष मीनबहादुर परियार, सरस्वती मावि बाटुलासेनका शिक्षक पदमराज न्यौपाने,पत्रकार शिवराज खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। खप्तड प्रेस













Discussion about this post