टेक बहादुर थापा : मंगलसेन नगरपालिका वडा न १ मा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघको आयोजना र मंगलसेन नगरपालिकाको सहजिकरणमा शिविर सम्पन्न भएको हो । शिविरमा ६९ जनाले निशुल्क सेवा लिएका छन । आफ्नै वडामा आँखा सम्बन्धि उपचार पाएपछी स्थानीय नागरिकहरु खुुसी भएका छन ।
नेपाल नेत्र ज्योती संघ अछामका अध्यक्ष शंकर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यपालिका सदस्य हंसा थापा राना र कुन्ती माविका प्रधानाध्यापक मदन बहादुर बोगटी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रमको संचालन स्वास्थ्यचौकी ईन्चार्ज तेजराज नाथले गर्नुभएको हो ।













Discussion about this post