चौरपाटी गाउँपालिकामा १८ जनाको दोहोरो नागरिकता नम्बर 

6
SHARES
31
VIEWS

अछामको चौरपाटी गाउँपालिकामा दोहोरो नागरिकता नम्बर भएका १८ जना व्यक्ति फेला परेका छन्।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन अनुसार, चौरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि तयार पारेको विवरणमा एउटै नागरिकता नम्बर १८ जना फेला परेका हुन्।

उनीहरूमध्ये वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ४ जना, वडा नम्बर ३ का ५ जना र वडा नम्बर ४ का ४ जना छन्। सबैले सामाजिक सुरक्षा भत्ता समेत बुझिसकेको प्रतिवेदनमा उल्लेख छ। सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीमा विवरण भर्दा सावधानी नअपनाएको र एउटै नागरिकता नम्बर भएका व्यक्तिहरूको विवरण समावेश गरिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ।

प्रत्येक व्यक्तिको नागरिकता नम्बर फरक हुनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको पालना नभएको पाइएकाले महालेखा कार्यालयले नागरिकता नम्बर सच्याउन सम्बन्धित निकायमा पत्राचार गर्न चौरपाटी गाउँपालिकालाई निर्देशन दिएको छ। पश्चिम रैबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार