मंगलसेन नगरपालिकाद्वारा एकल महिलाहरूलाई बाख्रा वितरण

16
SHARES
91
VIEWS

टेक बहादुर थापा । मंगलसेन नगरपालिकाले नगरका एकल महिलाहरूलाई बाख्रा वितरण गरेको छ । नगरका १४ वटै वडाका ४६ जना एकल  महिलालाई बाख्रा वितरण गरिएको हो । पशुसेवा शाखा मंगलसेनको एकल महिला लक्षित बाख्रा वितरण कार्यक्रम अन्तर्गत उनीहरूको आय आर्जनमा टेवा पुर्याउने उदेश्यले बाख्रा वितरण गरिएको शाखा प्रमुख डाक्टर बाल कुमार शाहले बताउनुभयो । १४ वटै वडाका आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरूको नामावली  वडाले सिफारिस गरे बमोजिम बाख्रा वितरण गरिएको शाखा प्रमुख डाक्टर शाहको भनाइ छ ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले एकल महिलाको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ नगरपालिकाले बाख्रा वितरण गरेकाले यसको राम्रो संग लालनपालन गरेर एकको दुई बनाउन सुझाव दिनुभएको छ । नगरपालिकाले यसभन्दा अघि पनि एकल र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई बाख्रा र कुखुरा वितरण गर्दा परिणाम राम्रो नदेखिएको भन्दै यसपटक पनि यहीँ समस्या देखिएको खण्डमा आगामी दिनमा कुनैपनि कार्यक्रममा सहभागी नगराउने बताउनुभयो । जसले यी बाख्रा लगेर राम्रो गर्छ उसलाई आगामी दिनमा थप लगानी गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

बाख्रा वितरण कार्यक्रममा नगर उप प्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडान १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी,  महिला शाखा प्रमुख मञ्जु महत, नायब पशुसेवा  प्राविधिक नेत्र बहादुर कठायत लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन पशुसेवा प्राविधिक दुर्गाप्रसाद  जैसीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार