प्रधानाध्यापकको जागीर छोडेर भेडा पालन गर्दै शाह , वार्षीक ५ लाख आम्दानी

147
SHARES
819
VIEWS

टेक बहादुर थापा : जो कोही मानिसहरू पढाई लेखाई पुरा गरिसकेपछि सानो तिनो भए पनि जागिर खानुपर्छ भन्ने आस गर्छन् । सके सरकारी नसके संघ संस्थामा भए पनि जागीर खानुपर्छ भन्ने मानसिकता सबैको हुन्छ तर अछामको रामारोशन गाउँपालिका वडा न ५ का हर्क बहादुर शाह विद्यालयको प्रधानाध्यापक जस्तो सम्मानित पद छोडेर भेडा पालन व्यवसायमा रमाउनु भएको छ । २०६२ साल देखी २०७४ साल सम्म करिब १२ वर्ष शिक्षण पेशामा संगलग्न शाह आजभोली भने भेडा पालन व्यवसायलाई व्यवसायीक रुपमा अघि बढाउनु भएको छ ।

शिक्षण पेशा बाट घर परिवारको आवश्यक्ता पुर्ति गर्न सकिने अवस्था नदेखेपछि शाह भेडा पालन व्यवसाय तर्फ केन्द्रित हुनुभएको हो । उहाँ सोही वडामा रहेको रुपादेवी आधारभुत विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत हुनुहुन्थ्यो । विगत देखी घरमा भेडा पाल्दै आएपनी बीचमा आफुले शिक्षण पेशा अंगाल्दा ओझेलमा परेको भेडा पालन व्यवसाय पुन फस्टाउन थालेको शाहको भनाई छ । जागिर खाएपछी के के न गर्छु होला भन्ने सोचका साथ शिक्षण पेशामा आवद्ध हुनु भएका उहा १२ वर्षको शिक्षण पेशा बाट खासै आम्दानी गर्न नसकेको बताउनुहुन्छ ।

मेहनत गरे यही माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि आफुले भेडापालन व्यवसायलाई अगाडी बढाईरहेको बताउनुभयो । ४० वटा भेडा पाल्नु भएका शाह अहिले वार्षिक रुपमा ५ लाख आम्दानी गर्नुहुन्छ , रेडियो गाउँघर संगको कुराकानीमा शाहले भन्नुभयो वर्षको दुई पटक भेडाबाट उन निकाल्न मिल्छ त्यही उन बाट मात्रै १ लाख २० हजार आम्दानी हुने गरेको जानकारी गराउनुभयो । पहिले पहिले भेडाहरु खाद्यान्न तथा नुन ओसार पसारमा प्रयोग हुने भएपनी पछिल्लो समयमा सबै ठाउमा यातायातको सहज पहुच भएपछी अहिले भने उन र मासुको लागि मात्रै प्रयोग हुने गरेको शाहको भनाई छ ।

एउटा भेडा काट्यो भने ३० देखी ३५ हजार आम्दानी हुने भएकाले पनि आफु यस तर्फ आकर्षित भएको बताउदै शाहले व्यवसाय गरे मात्रै मान्छे आर्थिक उन्नती गर्न सक्ने बताउनुभयो । शिक्षण पेशामा आवद्ध भएको बेला खासै घर घडेरी जोड्न नसकेका शाहले व्यवसाय संचालन गरेपछी भने धेरै प्रगति गरेको जानकारी गराउनु भएको छ । यही व्यवसाय बाट शाहले कैलालीको टिकापुर र लम्कीमा झण्डै ४५ लाखको जग्गा किन्नु भएको छ । यति मात्र होइन उहाकी छोरीलाई जापान र छोरालाई नेपाली सेनामा यही व्यवसायले पु¥याएको छ ।

आफ्नो घरखर्च अन्य व्यवसाय बाट चल्ने तर भेडाबाट आम्दानी भएको पैसा बचत हुने गरेको शाहको भनाई छ । शाहले पालेका भेडाको रेखदेख गर्न एकजना स्थानीयलाई रोजागरी समेत दिनुभएको छ । अछाम जिल्लामा भेडाको खरिद बिक्री पनी नहुने र मागपनी खासै नहुने भएकाले यसको कारोबारो सबै कर्णलाी प्रदेश तिर हुने गरेको बताउदै शाहले अछाम जिल्लाको सदरमुकाम मंगलसेन र प्रमुख व्यापारिक केन्द्र साफेबगर लगायतका बजार क्षेत्रमा यसको बजारीकरण भए आफु लगायतका भेडा पालन व्यवसायीलाई सहज हुने विश्वाश व्यक्त गर्नुभएको छ । आफ्नै जिल्लाका स्थानीयले यसको बजारीकरणमा ध्यान नदिईदा आफुलाई दुख लाग्ने गरेको शाहको गुनासो छ ।

शाहको घरमा अहिले भेडाको उन बाट बनेका राडी पाखीहरु पर्याप्त मात्रामा पाइन्छ भने उहाले यहाँ तयार पारेका भेडाको उनबाट बनेका कपडाहरु अन्य जिल्लामा समेत बेच्दै आउनुभएको छ । हामी संगको कुराकानीमा शाहले थप्नुभया, हामी जोकोही व्यक्ति पनि जागीरको मात्रै खोजीमा हुन्छौ तर आफुले संचालन गरेको व्यवसायलाई जागीर नसम्झने गलत प्रवृतिकै कारण आज युवाहरु कृषि पेशाबाट पलायन हुदै गएको बताउनुभयो ।

कृषि बाट मात्रै प्रगति सम्भव हुने भएकाले आफ्नै माटोमा पसिना बगाउन शाहले सुझाव दिनुभएको छ । आज हामी जुनसुकै पद र राम्रो ठाउमा पुगेपनी हाम्रो धरातल भनेकै कृषि भएकाले यो पेशालाई उपेक्षा गर्न नहुने शाहको जोड छ । शिक्षण पेशामा रहदा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शाह हाल शाह नेकपा एमालेको सकृय राजनीतिमा पनि हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार