महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेसँगै लेखापरीक्षण सम्बन्धी सूचनाहरु बाहिरिएका छन् । ६२ औं प्रतिवेदनमा उल्लेख भएअनुसार संघीयदेखि स्थानीय तहसम्मका लेखापरीक्षण विवरणहरु सार्वजनिक हुने क्रम जारी भएका छन् ।
गएको आर्थिक वर्षमा गरिएको लेखापरीक्षणका क्रममा अछाम जिल्लाका स्थानीय तहको बेरुजु रकमका बारेमा खबरहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएको खबर अनुसार पञ्चदेवल विनायक नगरपालिका जिल्लामा सबैभन्दा कम बेरुजु भएको स्थानीय तह भएको छ । दोश्रोमा बान्नीगढी जयगढ गाउँपलिका र तेस्रोमा मंगलसेन नगरपालिका रहेको छ ।
चौथोमा रामारोशन गाउँपालिका, पाँचौमा ढकारी गाउँपालिका, छैटौंमा चौरपाटी गाउँपालिका, सातौमा साँफेबगर नगरपालिका, आठौंमा कमलबजार नगरपालिका र नवौंमा तुर्माखाँद गाउँपालिका रहेको छ । सबैभन्दा बढी बेरुजु मेल्लेख गाउँपलिकामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
लेखापरीक्षण गर्दा पञ्चदेवल विनायक नगरपालिकाको तीनहजार ५१० रुपैयाँ (०.२७ प्रतिशत), बान्नीगढी जयगढ गाउँपालिकाको चारहजार नौ रुपैया (०.४४ प्रतिशत) र मंगलसेन नगरपालिकाको नौहजार ६४५ रुपियाँ (०.६७प्रतिशत) बेरुजु देखिएको छ । यस्तै रामारोशनमा १५ हजार ३६९ रुपैया (१.३० प्रतिशत), ढकारीमा १५ हजार ९६० रुपैया (१.६१ प्रतिशत), चौरपाटीमा १८ हजार ८०७ रुपैया (१.६६ प्रतिशत), बेरुजु रहेको छ ।
यस्तै साँफेबगरमा २७ हजार ५२७ रुपैया (१.७३ प्रतिशत), कमलबजारमा २६ हजार ३७८ रुपैया (२.२३ प्रतिशत), र तुर्माखाँदमा ३४ हजार ६०९ रुपैया (२.८८ प्रतिशत), रहेको छ । सबैभन्दा बढी बेरुजु देखिएको मेल्लेख गाउँपालिकाको ३७ हजार १३० रुपियाँ (३.१३ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ । मिराकल













Discussion about this post