मंगलसैन नगरपालिकामा कर्मचारीद्वारा अनिश्चितकालिन तालाबन्दी

14
SHARES
80
VIEWS

अछाम जिल्लाको मंगलसैन नगरपालिकामा अनिश्चितकालिन तालाबन्दि गरिएको छ ।

आइतबार नगरपालिकाका सम्पुर्ण कर्मचारिहरुले कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरि धर्ना बसेका हुन् ।

प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिन गठन भएको स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिले अघि सारेका संर्घषका कार्यक्रम अन्तर्गत तालाबन्दी तथा धर्ना सुरु गरिएको नगरपालिकाका सुचना अधिकारी बिष्णु जोशीले जानकारी दिएका छन् ।

प्रदेश सरकारले संघीयता कार्यान्वयनको दस बर्ष बितिसक्दा पनि स्थानिय सेवा ऐन जारी नगर्दा कार्यालयमा आफुहरु कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उनले बताए ।

शनिवार स्थानिय तह कर्मचारी प्रदेश संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका कर्मचारीहरूलाई तीन बुँदे पत्र पठाउँदै संर्घषका कार्यक्रम सुरु गर्न निर्देशन दिएको थियो । अग्नी खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार