अछाममा जबर्जस्ती करणी मुद्दाका फरार प्रतिबादी पक्राउ

31
SHARES
171
VIEWS

अछाममा जबर्जस्ति करणी मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । २०८१ कार्तिक २८ गते जिल्ला बैतडी पञ्चेश्वर गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी २३ का मोहन बहादुर चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ लाई जवर्जस्ती करणी गरेको आरोपमा उनिमाथि जिल्ला अदालत अछामका २०८१ माघ ४ गते मानव बेचबिखन तथा ओसार पसार, शरिर बन्धक र जवर्जस्ती करणी मुद्दा दर्ता भएको थियोे ।

मुद्दा दर्ताको दिन देखि नै उनी फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले गोप्य सूचनाका आधारमा अछामकै पञ्चदेवल बिनायक नगरपालिका वडा नं.५ लयाटी स्थित आफन्तको घरमा लुकीछिपी बसिरहेको अवस्थामा बैशाख २५ गते हिजो बिहिवार दिउँसो प्रकाउ गरिएको अछाम प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासत कक्षमा राखी आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार