वेदप्रकाश तिमिल्सैना । नेपालको राजनीतिमा भारतको चर्चा संस्थागत भएको २००७ सालपछि हो । व्यवस्था परिवर्तन अनि साना–ठूला आन्दोलनदेखि सरकार बनाउने र गिराउने खेलसम्म छिमेकी भारतको नाम सधैँ जोडिँदै आएको छ । भारतको नीति निर्माण तहमा हैसियत नभएका नेताहरूसँग नेपालका ठूला नेताहरूको भेट र ती भेटका चर्चाले भारतलाई दिइने महत्त्वलाई सजिलै बुझ्न सकिन्छ ।
भारतको नेपाल प्रभाव अनि नेपाली नेताहरूको भारतप्रेम, भारतको चर्चाको परकम्पनले नेपालको राजनीतिमा निरन्तरता पाउँदै आएको छ । नेपालमा प्रधानमन्त्री पदका लागि हुने लिगलिग दौडदेखि मन्त्री बन्ने म्याजिकल दौडमा रहेका नेताहरूले भारतलाई रिझाउन सानादेखि ठूला नेतासम्म लागिरहेका हुन्छन् । परिभाषित जिम्मेवारी नभएका नेतासँग फोटो खिच्दा अति खुसी हुने जमानामा कल्पना गर्नुहोस्, जब भारतको शक्तिशाली सत्ता ९मोदी सरकार० रिसाउँछ र त्यस रिसाएको शक्ति केन्द्र ९भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी०लाई रिझाउन गरिएको प्रयासको समग्र चर्चाले कस्तो आकार लिन सक्ला, अनुमान लगाउन सकिन्छ ।
नेपालको सत्तारुढ राजनीतिमा भारतको प्रभावको आलोचना धेरैपटक गरिन्छ, तर व्यवहारमा त्यो प्रभाव झन्झन् बलियो भएको देखिन्छ । दिल्लीको चासो र समर्थनबिना कुनै पनि सरकारको दीर्घकालीन टिकाउमा विश्वास नहुने प्रवृत्ति हाम्रै राजनीतिक संस्कृति बनिसकेको छ ।
पछिल्लो केही महिनादेखि नेपालको राजनीतिक परिवेशमा सरकारसँग जोडेर भारतसँग सम्बन्धित अनेक चर्चा र हल्लाहरूले गति लिएका छन् । ती हल्ला मात्रै हुँदैनन्, वास्तविक कुराबाट थोरै चुहिएको सत्य कुरा हुन्छ । विदेश सचिव रहँदा नै नेपाली नेताहरूलाई धम्क्याउने भारतका विदेशमन्त्री एस। जयशंकर र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित दोभालको आशीर्वादु लिन दिल्ली धाउने क्रमले नेपाली नेताहरूको मानसिकता र भारतको नेपालप्रतिको दृष्टिकोण दुवै प्रस्ट रूपमा झल्किन्छ ।
पछिल्लो अवस्थामा भारत नेपालको व्यवस्थाप्रति नै असन्तुष्ट रहेको सम्म हल्ला चल्यो । यस्ता हल्लाले राजावादीको हौसला बढ्यो । अनि लोकतान्त्रिक गणतन्त्रको छत्रछायामा रहेकाहरूको स्थिति दयनीय बनेकै हो । दुई साताजति दिल्ली बसेर आएपछि सम्प्रभु अनि सार्वभौम देशको शक्तिशाली परराष्ट्रमन्त्रीले विमानस्थलमा भन्नुभयो, ुभारतको सपोर्ट डेमोक्रेसीप्रति नै रहेको पाएँ ।अनि हाम्रो देशको हालत के हुन्छ रु
संविधान बनाउँदा गरेको चलखेल, नाकाबन्दी, अनि मधेशमा खुला हस्तक्षेप गरेको भारतप्रति नेपालमा शंका, उपशंका हुनु स्वाभाविक हो । स्वाधीन, सन्तुलित र आत्मसम्मानसहितको परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने आवश्यकता झनै बलियो बनिरहेको अवस्थामा आउने यस्ता प्रतिक्रियाले सार्वभौम मन भएको नेपाली समाज ९यहाँ प्रायस् धेरै नेताको मन सार्वभौम छैन । भारतीय, चिनियाँ अनि अमेरिकीलगायत पश्चिमाहरूको जस्तो मन भएका धेरै छन् भन्छन्० लाई विचलित बनाउँछ । नेपालको शासन सत्तामा धक्का दिने अनि नागरिक स्थरसम्म परकम्पन महसुस गराउने खालका समाचारहरू र हल्लाहरू बेलाबेला सार्वजनिक भइरहेका हुन्छन्, जुन वास्तविकताको नजिक हुन्छन् ।
पछिल्लो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको साथमा प्रधानमन्त्री बनेपछि दक्षिणतर्फबाट कुनै औपचारिक निम्तो नआएको विषयले काठमाडौंको राजनीतिक वृत्तमा हलचल मच्चियो । भारतको मौनता र चासो नदेखिनु ओली सरकारप्रति असहज सन्देशको रूपमा बुझिन थाल्यो र यसले नेपालमा सत्ताको स्थायित्वबारे अनेक अनुमानहरू जन्माइदियो ।
त्यसैबीच, धेरै विश्लेषक र विद्वान्हरूले भारत रिसाएको भन्दै एमाले नेतृत्वको सरकार लामो समय नटिक्ने प्रक्षेपणसम्म गरे । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको दिल्लीकेन्द्रित दौडधुपले ती अनुमानहरूलाई बल पुग्यो । नेपालको परराष्ट्रमन्त्री दुई हप्ता नयाँ दिल्ली बसेर आउनु कूटनीतिक हिसाबले सामान्य कुरा थिएन ।
भारतको समर्थनबिना प्रधानमन्त्री बन्नु र त्यसपछिको चासो अभाव, यी सबैले ओली नेतृत्वको सरकार दबाबमा रहेको अनुभूति भयो ।
उग्र राष्ट्रवादको छायामा सत्ता सञ्चालन गरेका ओली यसपटक भने फरक शैलीमा प्रस्तुत भए । भारतसँग सम्बन्ध सुधार्ने प्रयास उनले गरे, जसले उनी अबको राजनीतिक यात्रामा व्यावहारिक बनेको संकेत पनि दिन खोज्यो । तर, भारतको स्पष्ट समर्थन नपाउँदै गर्दा ती प्रयासहरू निष्प्रभावी देखिन थाले ।
राजकीय भ्रमणको निम्तो नआउनुले ओली सरकारलाई कमजोर बनाउदै लगेको आकलन हुन थाल्यो । यद्यपि ओलीले परिस्थिति सम्हाल्ने कोसिस गरिरहे, भारतको चासो अभावले उनको राजनीतिक आधार दिनानुदिन कमजोर हुँदै गयो, हल्ला बढी भयो । यसले नेपालको राजनीति फेरि अनिश्चिततातर्फ उन्मुख भएको सन्देश दिन थाल्यो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०को छैटौँ शिखर सम्मेलन हालै सम्पन्न भयो । क्षेत्रीय समन्वय, व्यापार, ऊर्जा तथा सुरक्षाजस्ता बहुपक्षीय एजेन्डाहरूमाथि केन्द्रित यो सम्मेलनमा सहभागी राष्ट्र प्रमुखहरूको उपस्थितिले उच्च कूटनीतिक महत्त्व पाएको थियो । तर, नेपालमा बिमस्टेक सम्मेलनभन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुन्छ कि हुँदैन भन्ने चासो धेरैको थियो ।
यही चासो अनि चिन्ताबीच सम्मेलन सकिनासाथ नेपालमा राजनीतिक माहौल एकाएक तातियो । कारण थियो– सम्मेलनपछिको साइड लाइन वार्ता, विशेषतस् प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता ।
नेपालका नेताहरूले बुझ्न जरुरी छ– भारत हेरेर कुर्सी पाउने समय सकिएको छ । अबको युग जनताको युग हो । नेपालभित्रै इमानदारीपूर्वक राष्ट्रहितमा काम गर्ने हो भने जनताले नै कुर्सीसम्म पुर्याइउँछन् । दिल्लीको आशीर्वादभन्दा मूल्यवान् जनताको माया हो । जनताले दिएको शक्ति नै सबैभन्दा बलियो म्यान्डेट हो ।
बैठक सकिएलगत्तै दुवै नेताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका ट्वीटहरूले नेपाली राजनीतिक वृत्तमा हलचल ल्याइदिए । नेताहरूको मुस्कानसहितको तस्वीर, आपसी मित्रताको संकेत गर्ने शब्दहरू र संवादु शब्दको प्रयोगले विभिन्न अड्कलहरूको बजार ततायो ।
यस घटनाले दुई तहमा प्रभाव पार्यो । पहिलो, सरकारको स्थायित्वप्रति चिन्तित जनतामा एक किसिमको आशा जाग्यो । उनीहरूले सम्भावित गठबन्धन वा कूटनीतिक समन्वयले मुलुकमा स्थायित्व ल्याउने अपेक्षा गरे । सामाजिक सञ्जालमा उनीहरूको खुसी खुलेरै छचल्कियो ।
दोस्रो, सरकार ढल्ने पर्खाइमा ढोक्सो थापेरु बसेका विपक्षी घेरादेखि लोकतान्त्रिक गणतन्त्रको विरोधमा राजा ल्याउने अभियानमा लागेकाहरू भने निराश देखिन थाले । हो, यसबाट थाहा हुन्छ, नेपाली शासनसत्ता र राजनीतिको मनोविज्ञान । कति परनिर्भर छ हाम्रो राजनीति, यति कुरा थाहा पाउँदा प्रस्ट हुन्छ ।
नेपालको राजनीतिक वृत्तमा उत्तर दक्षिणका छिमेकी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँगका यस्ता साइड लाइन वार्ताहरूले धेरै महत्त्व राख्दछन्, खासगरी नेपालको सन्दर्भमा । छिमेकी राष्ट्रहरूसँगको संवाद मात्र होइन, त्यसको सार्वजनिक प्रस्तुतिले समेत ठूलो राजनीतिक सन्देश बोकेको हुन्छ ।
नेपालमा भारतलाई प्रमुखतामा राखेर गरिने यस्ता निरन्तर चर्चाहरूले राजनीतिज्ञ, नीति निर्माता, बौद्धिक वर्गदेखि सर्वसाधारण जनमानससम्मको सोच र दृष्टिकोणलाई गहिरो रूपमा प्रभावित गरिरहेको देखिन्छ । देशको आन्तरिक राजनीतिक निर्णयदेखि सरकार गठनसम्मका बहसहरूमा भारतको भूमिकालाई अत्यधिक तौल दिइन्छ । यस्तो प्रवृत्तिले नेपालको स्वाभिमानसहितको राष्ट्रिय निर्णय प्रक्रियामाथि प्रश्नचिह्न खडा गरिदिएको छ ।
के भारतलाई टाढा राखेर आत्मनिर्भर नीति अवलम्बन गरेर पनि कुर्सी प्राप्त गर्न सकिँदैन र रु आखिर सरकार त नेपाली जनताले आफ्नो मतद्वारा जितेका प्रतिनिधिहरूबाट बनाउने हो । त्यसैले सरकार नेपालीका लागि हुनुपर्छ, नेपाली जनताको पक्षमा निर्णय गर्नुपर्ने हो । तर विडम्बना, सरकार गठनको सन्दर्भमा समेत दक्षिणतर्फको स्वीकृति र आशीर्वाद खोज्नुपरेको देख्दा निराशा लाग्छ ।
नेपालको मूल समस्याको जरो यही परनिर्भरता हो । भारतमाथिको अत्यधिक राजनीतिक, आर्थिक र रणनीतिक आश्रय । जबसम्म हामी आत्मनिर्भर सोच र व्यवहारमा रूपान्तरण हुन सक्दैनौँ, तबसम्म कुनै पनि राजनीतिक परिवर्तन वा सरकार परिवर्तनले स्थायित्व र स्वाभिमानको बाटो देखाउन सक्दैन ।
दक्षिण एसियाको हालको राजनीतिक परिदृश्य नियाल्ने हो भने अब त्यो युग सकिएको देखिन्छ, जहाँ दिल्लीका गल्ली चहार्दा सिंहदरबारको कुर्सी सजिलै पाइन्थ्यो । नेपालका नेताहरूले अझै पनि भारतको वरिपरि घुमेर सत्ता प्राप्त गर्ने दिवास्वप्न देखिरहेका छन् भने त्यो उनीहरूको सोचको दयनीय अवस्था हो । नेपालको राजनीतिक नेतृत्वले बारम्बार देखाउने दिल्लीमुखीु प्रवृत्ति हाम्रो स्वाभिमान र आत्मनिर्भरताको विरुद्धमा जान्छ । दक्षिण एसियामा अहिलेको परिदृश्य हेर्दा पनि यो प्रवृत्ति अब पुरानो सोचको अवशेषजस्तै लाग्छ । भारतले हरेक देशको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने आफ्नो पुरानो नीति पछिल्लो समय असफल हुँदै गएको छ ।
भारतको छायामा राजनीति गरिने पुरानो ढर्राले आज बंगलादेशमा लामो शासन गरेकी भारतको धर्मपुत्री सरहकी शेख हसिनालाई त्यहाँको विद्यार्थी आन्दोलनले दिल्लीमा शरण लिन बाध्य बनायो । दिल्लीले जन्माएको शासक, दिल्लीकै सहारामा सत्ता सम्हाल्ने नेतृ आज त्यही शहरमा लुकेर बस्नुपरेको छ । के यो सन्देश पर्याप्त छैन र नेपाली नेताहरूका लागि रु
माल्दिभ्समा राष्ट्रपति मोहमद मोइजु भारतविरोधी एजेन्डाका साथ चुनावमा होमिएका थिए । भारतको इच्छाविपरीत सत्तामा पुगेका उनले त्यहाँबाट भारतीय सेना फिर्ता पठाउने आफ्नो एजेन्डा लागू गरेरै छाडे । त्यहाँ पनि भारतको चाकरी गर्नेहरू हेरेको हेर्यै भए ।
श्रीलंकामा १०औँ राष्ट्रपति अनुरा कुमारा दिशानायके नयाँ दिल्लीबाट आश्रित अनि निर्देशितहरूलाई पराजित गरेरै सत्तामा पुगेका हुन् । भारतको आशीर्वादबिना पनि कुर्सीमा पुग्न सकिन्छ भन्ने सन्देश दक्षिण एसियामा सबैतिर पुगेको छ । पाकिस्तानसँगको सम्बन्ध त सधैँ तनावपूर्ण नै रहँदै आएको छ । भुटानबाहेक भारतप्रति झुकेको देश अहिलेको दक्षिण एसियामा देखिँदैन । त्यहाँ पनि एउटा महत्त्वपूर्ण राजनीतिक समूह भारतबाहेक अरु पनि मित्र खोज्नुपर्छ भन्ने लाइनमा छ । पूरै भारतमा निर्भर भुटानमा समेत भारतको निर्भरता घटाउने सुषुप्त छलफल भइरहेको अवस्थामा नेपाली नेताहरू भारतलाई मात्र ुबोसु मानेर पूरा भर पर्नु उचित ठान्छन् भने त्यो साँचो अर्थमा राजनीतिक दिवालियापन हो ।
नेपालका नेताहरूले बुझ्न जरुरी छ– भारत हेरेर कुर्सी पाउने समय सकिएको छ । अबको युग जनताको युग हो । नेपालभित्रै इमानदारीपूर्वक राष्ट्रहितमा काम गर्ने हो भने जनताले नै कुर्सीसम्म पुर्याउँछन् । दिल्लीको आशीर्वादभन्दा मूल्यवान् जनताको माया हो । जनताले दिएको शक्ति नै सबैभन्दा बलियो म्यान्डेट हो ।
दुर्गेश थापाको शैलीमा भन्नुपर्दा अब हट भएर काम गर्ने हो, लम्पसार परेर होइन । दिल्लीका ढोका ढकढक्याएर होइन, जनताका घरका ढोका ढकढक्याएर सत्ता प्राप्त गर्न सकिन्छ ।
नेतृत्वमा आमूल परिवर्तन आवश्यक छ । नीति, नियत र निष्ठामा इमानदारी र पारदर्शिता आउनुपर्छ । नत्र भने दिल्ली हेरिरहँदा सिंहदरबार सधैँ टाढाटाढा लागिरहनेछ ।
नेपालको राजनीति सधैँ भारतसँग जोडिएको छ, जहाँ भारतको प्रभावले नेपालका आन्तरिक निर्णयहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालको सत्ता सञ्चालन र सरकार गठनको बेला भारतको समर्थनका लागि दौडधुप भइरहन्छ, जसले नेपालको स्वाभिमान र आत्मनिर्भरतामाथि प्रश्न उठाउँछ । नेपाललाई अब भारतको सहाराबाट मुक्त भई जनताको विश्वास र माया प्रकट गर्ने राजनीति अपनाउनु आवश्यक छ ।
नेपालको राजनीति अझ आत्मनिर्भर र स्वाधीन विचारमा आधारित हुनुपर्छ । उग्र राष्ट्रवाद अनि भारतप्रतिको निर्भरता दुवै छोडेर भारतको समर्थन प्राप्त गर्न मात्र ध्यान केन्द्रित नगरी जनताको पक्षमा काम गरेर सरकार बनाउन सकिन्छ । जनताले दिएको शक्ति र म्यान्डेट नै सबैभन्दा बलियो हुन्छ र यसले नेपालको स्थायित्व र स्वाभिमानको आधार बन्न सक्छ ।
नेपालका नेताहरूले पनि अब आत्मनिर्भर नीति र इमानदारीका साथ काम गर्नुपर्ने समय आएको छ । दिल्लीको आशीर्वादको पर्खाइमा बस्नुको सट्टा जनताको विश्वास प्राप्त गर्दै नेतृत्वमा आमूल परिवर्तन ल्याउन आवश्यक छ । लैनचौरस्थित भारतीय राजदूतावासको दैलो होइन, इमानदारीपूर्वक काम गरेर भुईं मान्छेका घरका ढोका ढकढक्याएर सत्ता प्राप्त गर्न सकिन्छ । यसले मात्र नेपालको भविष्यलाई सकारात्मक दिशा दिन सक्छ ।













Discussion about this post