अछामका एक वडा सदस्य भारतमा सम्पर्क विहीन

17
SHARES
95
VIEWS

उपचारका लागि भारत गएका अछामका एक वडा सदस्य सम्पर्क विहीन भएका छन्। जिल्लाको चौरपाटी गाउँपालिका– ४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा भारतमा सम्पर्क विहीन भएका हुन्। गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले बोहरा चार दिनदेखि भारतमा सम्पर्क विहीन भएका बताएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी उपचारको लागि मुम्बई पुगेका थिए। बोहराले मुम्बईस्थित कोपर खन्ना स्टेसन नजिकैको सेक्टर नम्बर १९ मा आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए। वैशाख १६ गते घुम्न जाने भन्दै घरबाट निस्केदेखि अहिलेसम्म उनी सम्पर्कमा नरहेका हुन्।

पालिकाले एक सूचना जारी गर्दै बोहोरा हराएको भन्दै खोजी सुरु गरिएको बताएको छ। अन्दाजी ४०–४२ वर्षका बोहोराकोबारे वैशाख १९ गते जारी सूचनामा जनाइएअनुसार वैशाख १६ गतेदेखि बेपत्ता भएका हुन्। बोहराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन। बोहोराको सम्पर्क विहीन भएको विषयमा परराष्ट्र मन्त्रालयमा पनि जानकारी गराइसकेको छ। नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित बोहोरा न्यायिक समिति सदस्य पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार