आफ्नै भाउजुमाथि करणी गर्न खोज्ने देवर पक्राउ

20
SHARES
113
VIEWS

कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–२ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षका देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको जानकारी दिए। युवकले घरमै ढोका थुनेर भाउजुमाथि करणीको प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार