अछामका ९ वटा स्थानीय तह दमकल बिहिन

9
SHARES
51
VIEWS

निराजन भण्डारी । अछामका ९ स्थानीय तह दमकल बिहिन अवस्थामा रहेका छन् । १० स्थानिय तह मध्ये एक मात्रै मंगलसेन नगरपालिका सँग दमकल रहेको छ । मंगलसेन नगरपालिकामा भने दमकल सञ्चालनमा रहेको नगरप्रमुख पदम बहादुर बोहराले बताउनुभएको छ । अन्य ९ वटा स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकल खरीद गर्न नसकेको स्थानीयहरुको गुनासो छ ।

जिल्लाका धेरै ठाउँमा आगलागीका घटना हुने गरेका भएपनि दमकल नहुँदा क्षती बेहोर्नु परेको स्थानीयहरुले बताएका छन । जनप्रतिनिधिले आफ्ना लागि सवारी साधन खरिद गर्न चासो दिएपनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरेको छ । तर स्थानीय सरकारले दमकल खरीद गर्ने बिषयमा चासो नदिएको पाइएको छ । स्थानीय सरकार सँग दमकल नहुँदा केही दिन अगाडी बान्नीगढी जयगढ गाँपालिकाको जयगढ बजारमा भएको आगलागीबाट करिब ८ करोड भन्दा बढी क्षति बेहोर्नु परेको थियो ।

यस्तै अग्नी नियन्त्रणमा अति आवश्यक पर्ने दमकल नभएकै कारण अछामको प्रमुख ब्यापारिक केन्द्र साँफेबगरमा बैशाख १३ गते शनिबार बिहान आगलागी हुँदा करिब ४ करोड बढीको क्षति भएको थियो । स्थानिय तहहरुका जनप्रतिनीधीहरुले करोडौका गाडी चढ्ने तर अग्नी नियन्त्रणका लागी अति आवश्यक दमकल किन खरिद नगरेको भन्दै सामाजिक सञ्जालमा चर्को बिरोध भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार