विद्यार्थि राजनीति बाट उदाएका युवा नेता शाहीको उप सचिवमा दाबी ।

36
SHARES
199
VIEWS

टेक बहादुर थापा : विद्यार्थि राजनीति बाट उदाएका युवा नेता नेकपा (एमाले) अछामका जिल्ला कमिटी सदस्य तथा विद्यार्थी फाँट ईन्चार्ज निरक शाहीले पार्टीको नेकपा एमाले अछामको जिल्ला उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

अनेरास्वबियु अछामका पूर्वअध्यक्ष तथा तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमालिका वडाध्यक्ष समेत रहनु भएका शाही २०६२ सालदेखि विद्यार्थी राजनीति हुँदै हाल पार्टी राजनितिमा निकै सक्रिय हुनुहुन्छ । युवा नेता शाही २०७६ देखी २०८० सम्म अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य हुदै सचिवालय सदस्यको भूमिका पनि निर्वाह गरिसक्नु भएको अनुभव छ । युवाहरुका माझमा लोकप्रिय शाहीले उप सचिवमा उमेदवार दिएपछी निकै चासोको रुपमा हेरिएको छ ।

उहाले ८ औ जिल्ला अधिवेशनमा पनि निकै लोकप्रिय मत ल्याएर निर्वाचित हुनुभएको थियो । पार्टी भित्र स्वच्छ छबी बनाएका शाही हाल पार्टीको संगठन निर्माणमा पनी निकै सकृय भएर खटी रहनुभएको छ । लामो समयदेखि नेकपा एमालेको संगठन सुदृढिकरणमा लागेका शाही हाल विद्यार्थी संगठनको समन्वयको जिम्मेवारीमा रहेका छन् । उनी नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको पक्षमा रहेको बताउँछन्।

“पार्टी एकताको सन्देश दिन सर्वसम्मतिले नेतृत्व चयन गर्नु उपयुक्त हुन्छ,” शाहीले भन्नुभया, “यदि सर्वसम्मति भएन र निर्वाचनको अवस्था आयो भने म उपसचिव पदमा उम्मेदवारीसहित चुनावी मैदानमा उत्रिनेछु । शाहीको उम्मेदवारीसँगै एमाले जिल्ला अधिवेशनमा युवा अनुहारको प्रतिस्पर्धा थप चाखलाग्दो बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार