मंगलसेनले बान्नीगढीका अग्नी पिडितलाई १ लाख ५० हजार सहयोग गर्ने

40
SHARES
223
VIEWS

टेक बहादुर थापा : मंगलसेन नगरपालिकाले बान्नीगढी जयगढ बजारका आगलागी पिडितलाई १ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको १०औ कार्यपालिकाको बैठकले अग्नी पिडितलाई राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । गत चैत २६ गते साझ बजारको एक पसल देखि ग्यास बाट आगो सल्केर बजार क्षेत्रमा ठूलो आगलागी भएको थियोे ।

वर्षको अन्तमा बजारमा रहेका घर तथा पसलमा आगलागी हुदा ७ करोड भन्दा बढिको क्षति भएको थियोे । आगलागी भएको दिन बजार क्षेत्रमा भएको आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाले तत्काल मंगलसेन बाट दमकल पठाएको थियोे ।

सोही दिन मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले अग्नि पिडितलाई आफ्नो एक महिनाको सेवा सुविधा समेत दिने घोषण गर्नुभएको छ । यस्तै बैठकले माटो खन्ने क्रममा ज्यान गुमाएकी मंगसेन नगरपालिका वडा न ८ कि देउरूपा बोहरा र विनिता बोहराका परिवारलाई जनही १५ हजारका दरले क्रिया खर्च दिने समेत निर्णय गरेको नगरपालिकाका बनवातावरण तथा विपद शाखा प्रमुख नरेश बहादुर कठायतले जानकारी दिनुभएको छ ।

मंगलसेन नगरपालिकाले विपदको बेला अन्य पालिकाहरू संग समन्वय गर्दै पिडितहरूलाई आर्थिक सहयोग गर्देै आएको छ । २ बर्ष अघि अछामको तुर्माखाद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिका बाढि पिडितलाई समेत नगरपालिकाले सहयोग गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार