सन्त निरंकारी मण्डल नेपालद्वारा अछाममा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न

12
SHARES
68
VIEWS

निराजन भण्डारी । सन्त निरंकारी मण्डल नेपालद्वारा अछाममा आयोजित रक्तदान कार्यक्रम ढकारीमा सम्पन्न भएको छ । रगत नालिमा होईन,नाडिमा बगाऔं भन्ने नारा सहित सन्त निरंकारी मण्डल नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा १० पिन्ट संकलन भएको थियोे ।

संकलित रगत जिल्ला अस्पताल अछामलाई हस्तान्तरण गरिएको मण्डलका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले जानकारी दिनुभएको छ ।

रक्तदान तथा सत्सङ्ग कार्यक्रममा बोल्दै मण्डलका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक बिसुद्द अध्यात्मिक बिचारधारा भएको बताउनुभयो ।

निरंकारी मिशनले अध्यात्मिक चेतना दिनुको साथै समाजिक कार्यमा पनि आफ्नो अहम भुमिका निभाउदै आएको अध्यक्ष रावलले दावी गर्नुभएको छ ।

मण्डलका केन्द्रीय अध्यक्ष रावलको प्रमुख आथित्यतामा सम्पन्न बृहत सन्तसंग तथा रक्तदान कार्यक्रममा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद,पुर्ब अध्यक्ष धन बहादुर बुढा पुर्ब जिविस सभापति भरत कुमार स्वार,समाजसेवी दिनेश स्वार,सेर बहादुर बुढा लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार