निराजन भण्डारी । अछाममा १ जना महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको ढकारी गाउँपालिका वडा २ स्थित चाइराखाेलामा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी हुन ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत भेटिएकी महिलाकाे टाउको नभएको हुँदा पहिचान हुन सकेकाे छैन ।
प्रहरीका अनुसार मृत अवस्थामा फेला परेकाे लास सडिसकेकाे छ । यस विषयमा थप अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।













Discussion about this post