चक्र जनाला : बैतडीको शिवनाथ गाउँपालिका १ मटेलाकी ३० वर्षीया महिलालाई चितुवाले आक्रमण गरेको छ। बैतडीमा चितुवाको आक्रमणबाट एक महिला गाईते ।
बाख्रा चराउन गएकि स्थानीय बिन्द्रा साउद लाई आक्रमण गरेको हो । उनलाई जंगलमा बाख्रा चराउन गएका बेला मंगलबार दिउँसो १ बजे चितुवाले आक्रमण गरेको मेलौलीका स्थानीय डम्बर ठगुन्नाले जानकारी दिनुभएको छ । चितुवाले पहिला बाख्रामाथि आक्रमण गरेको र त्यसपछि बिन्द्रामाथि आक्रमण गरेको हो ।
आक्रमणलगत्तै संगै रहेका अन्य गोठालाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो । आक्रमणबाट घाइते भएकि बिन्द्राको टाउको, मुख र गर्धनमा चोट लागेक छ । घाइते बिन्द्रालाई उपचारको लागी नजिकै रहेको भारतको उत्तराखण्ड राज्यको लोहाघाट लगिएको र उहाको स्वास्थ्यमा क्रमिक सुधार हुदैगरेको अस्पताल श्रोतले जानकारी दिएको छ ।
गाउँमा एउटा सुबिधा सम्पन्न अस्पताल अभावका कारणले स्थानीयले बर्सेनि एस्ता समस्या भोग्दै आईरहेका छन ।
पछिल्लो समयमा गाउँमा चितुवाले मानिस माथी आक्रमण गर्ने क्रम क्रमिक रुपमा बढ्न थालेपछि उक्त क्षेत्रका स्थानीय बासिन्दा निकै त्रसित समेत भएका छन् ।













Discussion about this post