अछाममा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

140
SHARES
778
VIEWS

निराजन भण्डारी । अछाममा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ।

जिल्लाकाे साँफेबगर नगरपालिका वडा नम्बर ५ नोवाठानाका ४२ बर्षका डम्मर बहादुर कुँवरकाे मृत्यु भएको हाे।

शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाँउघरमा काटेको
खशीकाे मासु पकाएर खाने क्रममा मासुकाे हड्डी घाँटीमा अड्किएपछि कुँवर बेहोस भएका थिए ।

त्यस लगत्तै कुँवरलाई न्याय हेल्थ अस्पताल बयलपाटा ल्याइएको थियो । तर उपचारकाे क्रममा उहाँकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार